About

न्युज पोर्टल रेडियो नलगाड डटकम सामुदायिक रेडियो नलगाड एफएमको आधिकारिक वेवसाईट हो । ९६ थोप्लो ९ मेगाहर्ज फ्रिक्वेन्सी रहेको सामुदायिक रेडियो नलगाड एफएमलाई जनादेश संचारकेन्द्रले संचालनमा ल्याएको हो । “बिस्तार गरौं अभिमत, विवेक, सम्पदा र सुविचारः गणतान्त्रिक शासन, नागरिक सशक्तिकरणका लागि सूचना र संचार । –विकास र समृद्धिको संवाहक रेडियो नलगाड ९६.९ मेगाहर्ज ।” भन्ने स्लोगन रहेको सामुदायिक रेडियो नलगाड एफएम नलगाड नगरपालिका–४ खानटाकुराबाट प्रत्यक्ष प्रसारण गरिएको छ । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएमलाई हामीले बाट सम्म परीक्षण प्रसारण ल्याएका थियौं भने, देखि प्रत्यक्ष प्रसारणमा ल्याएका छौं । लोकेन्द्र विक्रम शाही अध्यक्ष रहेको जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको स्टेशन मेनिजर नीलम आरसी (कर्ण बहादुर रोकाय) रहनु भएको छ ।

कर्णाली, सुदुरपश्चिम, लम्बिनी प्रदेशका सबै जिल्लालाई कभर गर्ने क्षमता भएको रेडियो नलगाड एफएमले अदालतको ढोकादेखि अपाराधिको दैलोसम्म, बिबाहको मण्डपदेखि मलामीको लाइनसम्म, राजनीतिक पार्टीको सभादेखि सरकारी कार्यालयको समीक्षा बैठकसम्म, प्राकृतिक बिपत्तिका घटनादेखि प्रकुतिको मनोरम स्थलसम्म, किसानको खेतबारीदेखि उद्योगपतिको कारखानासम्म, उपभोक्ताको चुलोदेखि ब्यापारीको पसलसम्म, अपार जलसम्पदा, खनिजसम्पदा, वनसम्पदालाई मुख्य समचारका स्रोत बनाउने छ । अविकास, गरिबी र अशिक्षालाई रेडियो नलगाड एफएमले खबरदारीका बिषय बनाउने छ । समाबेशी तथा समतामुलक श्रोत बाडफाँड, सुशासन, सहज तथा सुलभ सेवा प्रवाहमा राज्य र सरकारलाई अभिप्रेरित गर्नेछ ।

सामुदायिक रेडियो नलगाड एफएमले विचार राजनीतिसंगै विकस र समृद्धिका बिषयलाई बहस तथा सम्वादका विषय बनाउनछ । सामाजिक रुपान्तरण तथा सामाजिक न्याय प्रवद्र्धन गर्न लैङ्गिक समानता, जातिय छुवाछुत लगाएका सबैखाले भेदभावका बिषयमा बहस चलाउने छ । महिला तथा बाल अधिकारका विभिन्न क्षेत्रका जोखिमहरु न्युनिकरणका सम्बेदनशिललाई रेडियो सम्वाद मार्फत आम नागरिकलाई शुसुचित गर्नेछ । आम नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीको अधिकारलाई सुनिश्चित गराउनुको साथै अर्थोपार्जनका सहज विधीहरुलाई अबलम्बन गर्न गराउन विज्ञहरुसंगको सम्वादलाई नियमित रुपमा जोड्ने छ ।

सामुदायिक रेडियो नलगाड एफएमको कभरेज एरिया (सेवा क्षेत्र) भित्रका सबै धर्म, संस्कृति, भाषा, कला, साहित्यको संरक्षणमा रेडियोले विशेष जोड दिनेछ । जैविक विविधतताको संरक्षण, विपद न्युनिकरणका उपायहरुलाई अबलम्बन गर्नुको साथै आन्तरिक, बाह्य, ग्रामिण र शहरी पर्यटनका क्षेत्रमा पर्या–पर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन र माईस पर्यटनको विकासमा सामुदायिक रेडियो नलगाड एफएमले अतुलनिय योगदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।
धन्यवाद ।।