
राप्रपा नेपालका सह महामन्त्री रमेश अर्याल पछिल्लो समय जनताको घर दैलोमा ब्यस्त छन् ।
यस क्रममा निर्वाचन क्षेत्रमा सक्रिय भएका अर्याल टोल(टोलमा घर(घर दौडाहामा छन् ।
आज बाँके क्षेत्र नम्बर २ मा आफु सङ्ग पढेका साथी भाई एबम समाजका अग्रज संग भेटेका छन् । साथिहरु र समाजका अग्रजहरु सङ्ग भेटेपछि अर्याल ले पुरानो कुराहरु साटासाट गर्न पाँउदा खुशी लागेको बताएका छन् ।
उनले आज भएको पार्टी प्रवेश एबम घरदैलो मा भनेका छन यस ठाउँको बिकास , स्वास्थ्य ,शिक्षा , रोजगार जस्ता बिषयमा राप्रपा नेपाल ले चुनाव जितेमा र जनताले जितायर पठाएमा यस कुरामा आफुले काम गर्ने प्रतिबद्धता पनि प्रतिनिधि सभाका सदस्य उमेदवार रमेश अर्याल ले बताएका छन । पार्टी प्रवेश मा दुई दर्जन भन्दा बढी स्थानीय हरु राप्रपा नेपाल मा प्रवेश गरेका छन ।
प्रवेश गर्ने वार्ड नम्बर १५ का युवा नेता प्रकाश सिंह क्षेत्री बताउँछन अब यो ठाउँ को बिकास गर्नको लागि राप्रपा नेपालको उमेदवार प्रतिनिधि सभा सदस्य रमेश अर्याल लगाएत को टिम लाई बिजय गराए मात्र हुने र यसपाली चुनाव चिन्ह तिर मा मत हाली हामी चुनाव जिताउन आतुर रहेको स्थानीयबासीहरु को चाहाना रहेको प्रकाश सिंह क्षेत्री बताउछ्न ।
राप्रपा नेपाल पार्टी सबै धर्म को साझा पार्टी रहेको र यस बाँके क्षेत्र नम्बर २ मा मुस्लिम समुदाय को बहुलेयता रहेको यो ठाउँ मा हरेक पटकको चुनाव मा भोट पाउनका लागि मात्र विभिन्न पार्टी ले मुस्लिम समुदाय लाई आश दिलाएको र अहिले सम्म मुस्लिम समुदाय को भावना नबुझेकोले यस पटक राप्रपा नेपालका उमेदवार प्रतिनिधि सभा सदस्य रमेश अर्याल लगाएत टिमलाई चुनाव चिन्ह तिर मा भोट हालेर जिताएमा उहाँहरुको समस्य समाधान गर्ने ।
र हामी भासण मा यो गर्छु त्यो गर्छु भनेर भन्दैनौ तपाईंहरुले चुनाव चिन्ह तिर मा भोट दिनुस हामी काम गरेर देखाउछौ भन्न्ने बिस्वास दिलाएका राप्रपा नेपालका जिल्ला अध्यक्ष दिप्रेन्द्र बहादुर सिंह ले बताएका छन । तेस्तै सिंह राप्रपा नेपालका र बाँके वासी को मनमा बसेको व्यक्ति समाजसेवी समेत रहेको एक स्थानीय बताउँछन ।
राप्रपा नेपाल बाँके मा जिल्ला अध्यक्ष दिप्रेन्द्र बहादुर सिंह को नेतुत्व मा ‘जनताको घरदैलो मा जादा जनताले दुख मा साथ दिने नेताको रुपमा रहेको पनि बताएका छन । अध्यक्ष सिंह अनुसार धेरै जनता जनार्दन ले भोट यो पटक चुनाव चिन्ह तिर मा हाल्नु हुन्छ भन्न्ने उहाँ को विश्वास रहेको सिंह बताउँछन ।
राप्रपा नेपाल बाँके क्षेत्र २ मा घर दैलो र जनताको समस्या र सुझाव बुझ्ने र पार्टी को सिद्धान्त अनि आफनौ उमेदवार को योजना जनता को सामु राख्ने अभियान जारी रहने राप्रपा नेपाल बाँकेका जिल्ला अध्यक्ष दिप्रेन्द्र बहादुर सिंह ले बताएका छन ।
अर्याल बाँके क्षेत्र नम्बर(२ बाट अर्याल उठेको रहेको र आन्तरिक चुनावी जिताउने तयारीमा जुटिरहेको पार्टीका जिल्ला सदस्य एबम चुनाव प्रचार प्रसार मिडिया सयौंजक होम राज वलिले बताएका छन । वलिका अनुसार बाँके क्षेत्र नम्बर २ एबम तीन वटै क्षेत्र मा आक्रामक रणनीति बनाएर चुनावी मैदानमा जाने बाताबरण निर्माण भैसकेको समेत वलिले जनाए ।