बैजनाथ ४ साउन
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथका कुनैपनी नागरिकले बर्षाका कारण असुरक्षित महसुस गर्नुपर्ने अवस्था नआओस् जहाँ जस्तो समस्या हुन्छ समाधान गर्न तयार रहेको र सचेत रहन सबै बैजनाथ गाउँपालिका बासीलाई अनुरोध गर्नुभएको छ।

बाँकेमा भारी बर्षासँगै धान रोपाइँ नभएका बन्जर जग्गाले पानी पाएका छन् भने खोलानाला नजिकका घर बस्ती डुवान पर्न सक्ने सम्भावना भएका स्थानहरुका नागरिकहरुलाई सक्दो सहयोग गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ । बुधबार बिहानैदेखि बाँके बर्दियाका विभिन्न स्थानहरुमा भारी बर्षा भएको छ। बर्षातको मौसम असार र श्रावणमा समेत समयमा पानी नपर्दा तराइका विभिन्न जिल्लाहरुमा सुख्खा भएकाले रोपाइ हुन सकेन र रोपाइँ गरेर सकेका किसानहरुले आकाशे पानीको भर पर्नुपर्ने भएकाले चर्को घाम लाग्ने र खेत सिचाइका लागि प्रयाप्त पानीको ब्यवस्थापन नहुनु नै मुख्य समस्या भएकाले अब थोरै भएपनी किसानलाई राहत मिलेको छ।

स्थानीय नागरिकहरुलाई सुरक्षीत सचेत भएर बस्न अनुरोध गर्नुका साथै बिपदबाट हुन सक्ने जनधनको क्षती हुन नदिन समस्या आउनुपुर्ब नै सचेत रहन अनुरोध गर्नुभएको हो। स्थानीय वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य लगाएत निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई आ आफ्नो गाउँ टोलको समस्या आउन नदिन सबैलाई सचेत गराउन निर्देशन दिनुभएको छ। भने वडा बाट समाधान हुन नसक्ने समस्या गाउँपालिकामा तुरुन्त समस्या समाधान गरिने बताउनुभएको छ भने सम्पुर्ण बैजनाथबासिलाई स्थानीय सरकार सधैं २४ घन्टा स्थानीय नागरिकहरुको साथमा भएकाले हत्तोसाहित नहुन समेत अनुरोध गर्नुभएको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर