
एजेन्सी। संसारमै सबैभन्दा पहिले को’रोनावि’रुद्धको भ्याक्सिन घोषणा गरेको रुसले आजदेखि आम नागरिकलाई को’रोनावि’रुद्धको भ्याक्सिन दिन थालेको छ । स्पुतनिक-भी (Sputnik-V)नामक भ्याक्सिन आम नागरिकले आजदेखि लगाउन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।सुरुवाती चरणमा विभिन्न प्रकारका प्रश्न उठे पनि रुसले आफ्नो बचाउ गर्दै भ्याक्सिनको प्रभावकारिताका विषयमा पछि जानकारी दिने जनाएको थियो ।
यो भ्याक्सिन मस्कोमा सुरुमा ४० हजार मासिनलाई दिन सुरु गरिएको हो । दोस्रो डोज २१ दिनमा दिइनेछ। मस्कोमा उपमेयर अनास्तासिया राकोभाले राजधानीमा पहिल्यै केही स्वयंमसेवकलाई दिइएको र अहिले नागरिकलाई दिन थालिएको बताए । यो भ्याक्सिनवि’रुद्ध विभिन्न देशका २६ वैज्ञानिकले द लसेन्टमा ओपन ले’टर लेखेपछि सर्वसाधारणलाई दिन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पत्रमा क्लिनिकल परीक्षण, प्रभावकारिता, परीक्षणका डाटालगायतका विषयमा वैज्ञानिकले प्रश्न उठाएका छन् । वैज्ञानिकले लेखेको पत्र एनरिको बुकी नामका वैज्ञानिकले सार्वजनिक गरेका छन् । यो पत्र मेडिकल जर्नलमा छापिएको एक अध्ययनमा आधारित रहेको र वास्तविक डाटा नभएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख छ।
भ्याक्सिन बनाउने गामोलिया इन्स्टिच्युटले वैज्ञानिकहरुको आ’रोपको खण्डन गरेको छ । उपनिर्देशक डेनिस लङगनोभले वैज्ञानिकले लेखेको पत्रमा कुनै आधार नभएको बताएका छन् । रुसले मंगलबार पहिलो खेपमा आम नागरिकका लागि भ्याक्सिन बजारमा ल्याएको थियो। भ्याक्सिन तेस्रो चरणको क्लिनिकल परीक्षणमा नपुगेरै बजारमा आएको हो । तेस्रो चरणको परीक्षणले यसको साइड इफेक्ट्स र प्रभावकारिताका विषयमा जानकारी पाउन सकिन्छ।
तेस्रो चरणको परीक्षणपछि सबै नतिजा ठिक भएमामात्र यसका सबै डाटाहरुको अध्ययन गरेर भ्याक्सिनलाई अन्तर्राष्ट्रियरुपमा मान्यता दिने गरिन्छ । रुसी स्वास्थ्य मन्त्री मिखाइल मरास्कोले ३१ हजार भोलियन्टरमा २६ अगष्टदेखि भ्याक्सिन परीक्षण भइरहेको जानकारी दिएका छन्।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।