नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य एवं समाजसेवी, मनोहर बुढाथोकी संग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर टाईम्स खबर नेपाल, संघीय एक्सप्रेस र सूचनापत्रको साता कुराकानीमा यस पत्रिकाका सह–सम्पादक अनिल अधिकारीले टेलिफोन बाट गरेको कुराकानी सारसंक्षेपमा…
स्वागत छ यहा“लाई, सूचनापत्रको साता कुराकानीमा ?

धन्यवाद ।

तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?

विश्वव्यापी संकट एवम् महामारीको रुपमा देखिएको कोभिड–१९ बाट आमनागरिकको दिनचार्य सहज नभईरहेको अवस्थामा म सामाजिक क्षेत्रमा क्रियाशिल रहेको व्यक्ति भएकोले उहाँहरुको सुखदुखमा सामेल हुने गरेको छु । म नोपाल कम्यूनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भएको कारण पार्टीले गर्ने गरेका हरेक गतिविधिमा सामेल भएको छु । विशेषगरी मेरो व्यवस्तता सामाजिक क्षेत्रमा रहेको छ ।

यहा“लाई लकडाउनको प्रभाव कस्तो प¥यो ?

विश्वव्यापी संकटको रुपमा देखा परेको कोभिड–१९ का कारण विश्व जगत नै छट्पटाई रहेको अवस्थामा त्यसको असर हामीमा पनि पर्न गयो । आमनागरिकको जनजीवन कोभिड–१९ कै कारण प्रभावित बन्न पुग्यो । कोभिड–१९ कै कारण मानव अस्तित्व नै संकटमा पर्ने संकेत देखा परेको छ । कोभिड–१९ को संक्रमण अहिले बढ्दो क्रममा छ र समुदायमा फैलिरहेको छ, यसले भोलिका दिनहरुमा भयावह रुप लिनसक्ने संकेत गरेको छ । यसबाट हामी सचेत हुन जरुरी छ । हामीलाई लकडाउनले धेरै कुराहरु सिक्ने अवसर प्रदान ग¥यो । लकडाउनको अवधिमा धेरै अवसर र चूनौतीहरु आए चूनौतीलाई चिर्दै अवसरको सदुपयोग गरियो ।

कोभिड–१९ नियन्त्रणमा लकडाउन बाहेक अन्य विकल्प छैनन् ?

कोभिड–१९ कै कारण मानवजातीको अस्तित्व संकटमा पर्ने संकेत देखा परेको छ । यस्तो अवस्थामा कोभिड–१९ को भरपर्दो र अचुक औषधि भनेकै लकडाउन हो । लकडाउनका कारण केही असहज परिस्थितीको सिर्जना भएतापनि त्यसलाई सहज बनाउँदै मानव स्वास्थ्यको ख्याल गनुपर्छ । सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै लकडाउन गरेको हो, त्यसैले मानव स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने उद्देश्यका साथ लकडाउनको पूर्णरुपमा पालना गर्न जरुरी छ ।

सरकारले कोभिड–१९ परिक्षणको दायरा बढाउनु पर्नेमा किन अलमल गरिरहेको छ ?

सरकारले विना अलमल कोभिड–१९ परिक्षणको दायरा अघि बढाएको छ । चुस्तदुरुस्त रुपमा परिक्षण भइरहेको छ । देशका अधिकांश ठाउँहरु बाट कोभिड–१९ को कोरोना परिक्षण भइरहेको छ । अस्पताल, स्वास्थ्यचौकी र सहरीक्लिनीक मार्फत स्वाब परिक्षणको लागि नमुना संकलन भइरहेको छ । समुदायमा कोरोना संक्रमण देखिए सँगै सरकारले सतर्कता अप्नाउँदै स्वास्थ्य परिक्षणको दायरालाई अझ बढी प्रभावकारी बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको सांगठनीक अवस्था कस्तो छ ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको सांगठनीक अवस्था एकदमै राम्रो छ । नेकपाको संगठन चुस्तदुरुस्त अघि बढेको छ । नेकपा प्रती जनताको आकर्षण बढीरहेको छ । युवायुवतीको रोजाइको राजनीतिकदल नेकपा बनेको छ । समृद्ध दाङको सपना नेकपा सरकारको पालामा पुरा हुने विश्वास दङ्गालीले लिएका छन् । नेकपा दाङको संगठनलाई मजवुत बनाउन नेता,कार्यकर्ताहरु अहोरात्र खटीरहनुभएको छ, जनतामाझ पुगीरहनु भएको छ, जनताले दिएको सल्लाह, सुझावलाई अनुशरण गर्दै समग्र दाङको विकासमा लाग्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । समग्रमा भन्नुपर्दा दाङ जिल्लामा नेकपाको सांगठनीक अवस्था एकदमै राम्रो छ ।

राजनीतिकदलभित्र युवापंक्ति शीर्ष नेतृत्वमा पुग्न नसक्नुका पछाडी के कारण छन् ?

कुनैपनि राजनीतिकदलको शीर्ष नेतृत्वमा पुग्नु चानचुने कुरा होइन । पार्टीको साधारण सदस्य हुँदै शीर्ष नेतृत्वमा पुगेकाहरुले पार्टीलाई गरेको योगदानको चर्चापरिचर्चा हुन जरुरी छ । हिजो पार्टी संगठन र पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाहरु धेरै लामो संघर्षपछि शीर्ष नेतृत्वमा पुगेको ईतिहास राजनीतिकदल भित्र छ । ‘आजका युवा देश कर्णधार हुन् युवाको काँधमा देश बनाउने जिम्मेवारी हुन्छ’ । जो युवा कटिवद्धरुपमा समाजसेवा र पार्टीप्रती लगाव राख्छ त्यो अवश्य नेतृत्वमा पुग्छ भन्ने मेरो बुझाई हो ।

युवालाई निर्वाचनको समयमा परिचालन गर्ने अन्य समयमा कुनै भूमिका नदिने राजनीतिकदलको व्यवहारलाई यहा“ले कसरी हेर्नुहुन्छ ?

मैले यो भन्दा पहिले पनि भने ‘युवा देशका कर्णधार हुन् देश बनाउने जिम्मेवारी युवाको काँधमा छ’ जो युवा कटिवद्ध भएर पार्टीले दिएको जिम्मेवारी वहन गर्न हिचकिचाउदैन त्यो नै सफल समाजसेवी बन्न सक्छ । निर्वाचनको समयमा युवाहरुलाई पार्टीले परिचालन गर्दै जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारीलाई युवापंक्तिले विनाशर्त पुरा गर्नुपर्छ । दलका सच्चा कार्यकर्तालाइ पार्टीले निर्वाचनको बेला मात्र परिचालन ग¥यो भन्ने सोच गलत हो । युवाको क्षमता अनुसार दलले भूमिका दिएकै हुन्छ त्यसैले युवा साथीहरुलाई मेरो आग्रह छ विनाशर्त पार्टीले दिएको जिम्मेवारी वहन गर्न पछि नहट्नुहोस, देश र जनताका लागि कटिवद्ध हुनुहोस ।

स्थानीय सरकार जनभावना अनुरुप चलेन भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ?

स्थानीय सरकार जनभावना अनुरुप चलेन भन्ने आरोपमा कुनै सत्यता छैन, यो बिरोध गर्नेहरुले लगाएको आरोप मात्र हो । स्थानीय जनताले दिएको सल्लाह,सुझावलाई स्थानीय सरकारले शिरोधार्य गर्दै अघि बढेका छन् । स्थानीय जनताको माग वमोजिम विकास निर्माणका कामहरु भईरहेका छन् । स्थानीय सरकारले स्थानीयबासीलाई सडक, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, नेट÷इन्टरनेटको पहुँचमा ल्याउने थालनी गरेका छन् । स्थानीय निकायमा तीव्र गतिमा विकासले फड्को मारेको छ । नयाँनयाँ बाटो खुलेका छन्, सडको स्तरउन्नती भएका छन्, सडक कालोपत्रे हुने क्रममा छन् गुणस्तरीय शिक्षाको थालनी गरिएको छ, चिकित्सक बाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ, प्रत्येक गाउँटोल, बस्तीमा सार्वजनिक यातायातका साधन गुडेका छन्, जनताको दैनीक दिनचर्या परिवर्तन भएको छ, आयमूलक, सीपमूलक काममा जनता लागेका छन् यी सबै सेवा, सुविधाको प्रवन्ध मिलाउने स्थानीय सरकार नै हो । त्यसैले स्थानीय सरकारले केही गरेन भन्नु विल्कुल गलत छ, समाज परिवर्तनको लागि सकरात्मक सोच हुनुपर्दछ । समृद्ध दाङको परिकल्पना बिरोध बाट सम्भव छैन त्यसैले विकासको लागि एकआपसमा हातेमालो गर्दै अघि बढौं ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रका कार्यकर्ताबिच भावनात्मक रुपमा एकता भएको छ त ?

दुई पार्टी एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका कार्यकर्ता भन्ने प्रश्नै आउँदैन अब हामी नेकपाका कार्यकर्ता भईसकेका छौं । पूर्व एमालेको राजनीतिक पृष्ठभूमी र पूर्व माओवादी केन्द्रको राजनीतिक पृष्ठभूमी फरक–फरक थियो । फरक–फरक राजनीतिक पृष्ठभूमीबाट आएका हामी कार्यकर्ताहरुबिच भावनात्मक रुपमा एकता हुन समय लाग्छ नै । अहिले हामी एकैघरका सदस्य भइसकेका छौं । हामी बीच बैचारीक मतभिन्नता छ जस्तो मलाई लाग्दैन । विगतमा भएका आ–आफ्ना गल्ती कमीकमजोरीहरुलाई सच्याउँदै भावनात्मक रुपमा एक हुनेछौं भन्नेमा हामी विश्वस्त छौं ।

कम्युनिष्ट कार्यकर्तामा सैद्धान्तीक बिचलन आयो भन्ने सुनिन्छ बास्तविकता के हो ?

दिन समय सधै एकनासको हुँदैन, हिजोको अवस्था बेग्लै थियो र आजको अवस्था बेग्लै छ । हिजोका दिनहरुमा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुले भूमीगतरुपमा संगठन तयार गर्दै तत्कालिन राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरको सर्वविदितै छ । आज समय फेरिएको छ । हिजो राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरेका हामीहरु आज मुलुकको आर्थिक समृद्धिका लागि संघर्ष गरिरहेका छौं ।

तपाईका शुभेच्छुक तथा आम कार्यकर्ताहरुलाई केही सन्देश छ ?

अहिले मूलुक बन्दाबन्दीको अवस्थामा रहेको छ । आमनागरिकको जनजीवन प्रभावित वनिरहेको छ । विश्वजगत नै कोभिड–१९ का कारण आतंकीत बनीरहको छ । कोभिड–१९ ले जसैगरी विश्वजगतलाई आतंकीत पा¥यो त्यसवाट नेपाल पनि अछुतो रहन सकेन । अहिले कोभिड–१९ का कारण मानव अस्तित्व नै संकटमा पर्ने संकेत देखा परेको छ । यसवाट सतर्क रहन जरुरी छ । प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्ने बेला आएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या नेपालमा बढीरहेको छ यो समुदायमा फैलिरहेको छ । सरकारले परिक्षणको दायरालाई बढाउँदै समुदाय स्तरमै परिक्षण गरिरहेको छ । मानव स्वास्थ्य भन्दा ठूलो अरु कुनै रहेनछ त्यसैले सामाजिक दुरी कायम गर्दै कोभिड–१९ संग सतर्कता अपनाउँदै आफ्नो दिनचार्य सहज बनाऔं । कोभिड–१९ बाट बचौं अनि बचाऔं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं, तन,मन, बचनले सामाजिक क्षेत्रमा क्रियाशिल रहौं, सहकार्य गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन,सुढृद बनाउने अभियानमा लागौं ।

अन्त्यमा …………………?

मलाई समसामियक राजनीतिक विषयमा मेरा विचारहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस सूचनापत्र साप्ताहिक पत्रिकालाई धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर