बिष्णुकुमार देवकोटा
दाङ २९ भदौ
जनतालाई घर दैलो सम्म विश्वसनीय यातायात सेवा प्रदान गर्नै उदेस्यले गाँऊ शहर अटो यातायात प्रा.लि. संचालन गरीने भएको छ ।
गाँऊ शहर अटो यातायात प्रा.लि.का अध्यक्ष अभिमन्यु गीरीले आज टाईम्स खबर संग कुराकानी गर्दै जिल्लामा एकिकृत रुपमा विश्वसनीय र शुरक्षीत यातायात सेवा प्रदान गर्नै उदेस्यले गाँऊ शहर अटो यातायात प्रा.लि. संचालन गर्नलागिएको खुलासा गर्नुभयो ।

“हरेक गल्लि गल्लि, गाँऊ गाँऊ छिर्नै र जनताको सेवामा अटोले खेलेको भुमिकालाई सबैलेसम्मान गर्नु पर्छ” गीरीले भन्नु भयो ।

जनताको सुख दुःखमा खटिएका अटो व्यवसायीहरुको समस्यालाई मध्येनजर गर्दै कानुन सम्मत् प्रकृया बाट व्यवसायीका समस्याहरु समाधान गर्नै उदेस्यले जिल्लामा एकिकृत रुपमा अटो व्यवसाय संचालन गर्नै विषयमा विभिन्न अटो व्यवसायी समितिहरुसंग मर्ज बिषयमा कुराकानी भएको भन्दै गीरीले सबै अटो व्यवसायीहरुलाई गाँऊ शहर अटो यातायात प्रा.लि. अन्तर्गत आउन आह्वान गर्नुभयो ।

“अहिले देखी ६ महिना सम्म निःशुल्क शवारी दर्ता गरीने छ” गीरीले भन्नु भयो । भलाई कोष, दुर्घटना बिमा क्लेम, हरेक समय सहयोग गरीने भन्दै गीरीले अब अटो व्यवसायीहरुले ढुक्क भएर सेवा दिने दावी गर्नु भयो ।

गीरी संग गरीएको कुराकानी हेर्नुहोस ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर