
महेन्द्र खड्का
रोल्पा २८ भदौ
नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले स्थानियबासीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भइ सक्दा सम्म स्थानिय सरकार गम्भीर नबनेको दाबी गर्दै रुन्टीगढी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ।
१६ जनामा गरिएको परिक्षणमा होलेरी डेरी उद्योग सञ्चालिका एक महिला सहित बैंक कर्मचारी लगएत शनिबार ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
सक्रमण देखिएको २४ घण्टा बितिसक्दा समेत जोखिममा रहेकाहरुमा तत्काल कोरोना परिक्षण गर्नुपर्ने र सक्रियताका शाथ महामारी ब्यबस्थापनमा होमिनु पर्नेमा स्थानिय सरकार मौन बसेको भन्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति जनक पुनले आइतबार रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।