
बिष्णुकुमार देवकोटा
दाङ २८ भदौ
दाङ च्याम्बर अफ कमर्शले स्थानीय प्रशासनले भोलि भदौ २४ गते देखी लकडाउनको मोडालिटि परिर्तन गरी व्यापार व्यवसाय संचालन सहज गराउने निर्णयको स्वागत गरेको छ ।
दाङ च्याम्बर अफ कमर्शका महासचिव टिका दत्त खनालले संघीय एक्सप्रेस र टाईम्स खबर संग कुराकानी गर्दै व्यवसायीहरुको माग प्रति स्थानीय प्रशासन संबेदनसील भएको प्रति खुसि व्इक्त गर्दै लकडाउन खुकुलो भएको अवस्थामा संक्रमण बढ्न सक्ने तर्फ सबै सचेत हुन आग्रह गर्नुभयो ।
गत चैत्र ११ गते देखी जारी बन्दाबन्दि (लकडाउन)का कारण व्यापारीक क्षेत्र तहस नहस भएको भन्दै खनालले रोग ले भन्दा भोकले मर्नै अवस्था आएको भन्दै स्थानीय प्रशासनको लक डाउन खुकुलो पार्नै निर्णयले व्यापारीक एवं उपभोक्ता दुवै क्षेत्र लाई खुसीको कुराभएको दावि गर्नुभयो ।
लक डाउन खुकुलो भएता पनि कोभिड १९को संक्रमणको जोखिम रहीरहेको भन्दै ग्राहक र व्यवसायी दुवै सचेत हुनुपर्नै जरुरी रहेको खनाललको भनाई छ ।
स्वाथ्यका मापदण्डहरु पुरागरी व्यापार व्यवसाय संचालन गरीने खनालले स्पष्ट पार्नुभयो ।
खनाल संग गरीएको कुराकानी हेर्नुहोस ।