बैशाख ३० गते हुन गईरहेको स्थानिय चुनाबको रौनक देशैभरि छाएको छ। सधै पुराना पार्टी र पुरानै व्यक्ति हुनुगरेकोमा यसपाली नबिन सोच भएका युवाहरु पनि चुनाबी मैदानमा होमिएका छन्।  त्यहि मध्येका २८ बर्षीय युवा जनता समाजबादी पार्टीबाट अशिम कुमार लम्साल धादिंग नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं ११ को वडा अधक्ष पदमा उठेका छन्। निकै मिजासिलो उनि पेशाले पर्यटन ब्यबसायी हुन्।

उनी नेपालकै पहिलो कलेजो प्रत्यारोपण गर्ने व्यक्ति समेत हुन्। हरेक चुनाबमा पुरानै पार्टीका पुरानै सोचका मेचेलई पटक पटक हेरिसकेको अवस्थामा युवालाई भोट दिई कम गर्ने अवसर दिनु जरुरि छ। वडा अध्यक्ष भएमा वडा अध्यक्षले पाउने कुनै पनि तलब तथा सुबिधा नलिने प्रतिबद्धता समेत उनले गरेका छन्।

उनको घोषणा पत्र यस प्रकार छ:-

प्रशाशनिक काम:

  • जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ता घरघरमा पुर्याईनेछ।

  • वडा बाहिर रहेकालाई चाहिने सिफारिस तथा अन्य कगजाज प्रत्येक हप्ता धादिंग तथा काठमाडौँबाट वडामा लगेर काम गरिनेछ।

  • वडा कार्यालयमा सिसिटिभीको ब्यबस्था गरि भ्रष्टाचार बिरुद्द विशेष काम गरिनेछ।

पूर्वाधार तथा भौतिक संरचना:

  • वडामा रहेको भौतिक संरचना तथा निर्मंधीन संरचना अपाङ्मैत्री बनाइनेछ ।

  • सबै ढुंगेधारा, तथा स्थानीय मठ मन्दिर पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइनेछ।

  • बिजुली, टेलिफोन र खानेपानीको महसुल भुक्तानीलाई डिजिटल प्रविधि प्रयोग गरी घरघरबाटै रकम सङ्कलन गर्ने व्यवस्था गरिनेछ।

  • मुख्य सडकलाई बर्षेभरि चलायमान गरी भित्री बाटोको मर्मत सम्भार गरि स्तर उन्नति गर्नेछु।

शिक्षा:

  • हरेक बिद्यालयमा नमुना पुस्तकालय तथा खेलकुद मैदान निर्माण गरिनेछ।

  • गरिब, अनाथ तथा असहाय परिवारका बालबालिकाहरूका लागि नि:शुल्क शिक्षाको ब्यबस्था गरिनेछ।

  • अशिक्षित स्थानीय बासिलाई प्रौढ शिक्षाको ब्यबस्था गरिनेछ।

स्वास्थ्य:

  • स्थानीय स्वास्थ्य स्वयमसेविका परिचालन गरि प्रत्येक घरमा आधारभूत स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा कार्यक्रम पुर्याईनेछ ।

  • हेल्थ पोस्टहरुको स्तरोन्नति गरि जेष्ठ नागरिक, अपाङ्ग एवम् एकल महिलाको निशुल्क स्वास्थ्य परिक्षण तथा सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याईनेछ ।

  • वडामा वारुण यत्र (दमकल), एम्बुलेन्स सेवा र शव वाहन सेवाको पहुँच विस्तार गरिनेछ ।

  • कामको सिलसिलामा घरबाट टाढा रहेकाहरुको अभिभाब, अशक्त एवं अपाङ्गहरूको रेखदेख एवं हेरचाहका लागि (केयर गिभर) को व्यवस्था गरिनेछ।

  • गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा स्वाथ्योपचार खर्चमाको निम्ति उपचार कोष स्थापना गरिने छ ।

खानेपानी:

  • खानेपानी आयोजना सञ्चालन गरी नागरिकलाई सुरक्षित पिउने पानीको व्यवस्था गरिनेछ ।

  • हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूको क्षमता विस्तार गरी पानीको पहुँच नपुगेका क्षेत्रका घर घरमा सुरक्षित पिउने पानी पुर्याईनेछ ।

वातावरण:

  • स्थानीय फोहोरमैला व्यवस्थापन तथा प्रशोधन गरिनेछ ।

रोजगार:

  • महिला तथा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत व्यावसायिक कृषि तथा पशुपालनको लागि परामर्श, तालिम तथा अनुदानको व्यवस्था गरिनेछ ।

  • स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगलाई प्राथमिकता सहित प्रवर्धन गरिनेछ ।

  • बेमौसमी तथा अर्गानिक तरकारी खेतीलाई अनुदान सहित प्रोत्साहन गरिनेछ।

  • उत्पादन योग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिनेछ ।

  • सीपमूलक एवम् प्राविधिक तालिमसहित दक्ष जनशक्ति उत्पादनमा जोड दिइनेछ ।

  • सिँचाइ, मलखाद र बिउबिजनमा सहजीकरण र तोकिएअनुसार अनुदान उपलब्ध गराइने छ ।

पर्यटन:

  • ज्यामरुङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यका साथ दमाइचौतारा क्षेत्रमा एकीकृत बहुउद्देश्यीय पर्यटन परियोजना सञ्चालन गरिनेछ ।

  • ज्याम्रुंग दरबारको मर्मत सम्भार गरि संग्रालय स्थापना गरिनेछ।

  • होमस्टेको अवधारणा सहित नमुना पर्यटन बस्तीको रूपमा विकास गरिनेछ।

  • वडालाई FREE WIFI ZONE बनाईनेछ।

विपद ब्यबस्थापन:

  • आगलागी, बाढीपहिरो, जस्ता प्रकोपबाट पीडितहरूका लागि राहत कोषको व्यवस्था गरिनेछ ।

  • पिडित परिवारलाई अस्थायी बासस्थानको लागि व्यवस्था गरि स्थायी निवासको लागि आर्थिक सहयोग गर्निनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर